×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगर र धरानमा २ कोरोना संक्रमितको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विराटनगर र धरानमा २ कोरोना संक्रमितको मृत्यु

Artha Sarokar

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगर र धरानमा एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका कोरोना संक्रमितको घरमै र धरानका संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको बिहीबार बिहान ६ः३० बजेतिर मृत्यु भएको हो । उनमा असोज १९ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएको थियो ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीको धरान–१० घर भएका ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए । बिहीबार बिहान ४ः३० बजे उनको मृत्यु भएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी