×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट एकैसाथ अस्पताल सञ्चालकसहित ४ जनाको मृत्यु

PRIME CA

कोरोना संक्रमणबाट एकैसाथ अस्पताल सञ्चालकसहित ४ जनाको मृत्यु

३ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ । विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सन्चालकसहित थप चार जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर र न्यूरो अस्पतालको कोभि-१९ अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो । मृतकमध्ये एकजना अस्पताल सञ्चालक हुन् ।
नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको हो भने न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का५३ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । 
यस्तै विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित एक महिलाको पनि मृत्यु भएको छ । विराटनगर–२ की ६० वर्षीया महिलाको आज बिहान ४ बजेतिर मृत्यु भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: