
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट २३ किलो भन्दा बढी सुन बरामद गरेको छ । वीरगञ्जको रेशमकोठीमा रहेको एक अपार्टमेन्टमा छापा मारेर प्रहरीले स्रोत नखुलेको २३ किलो भन्दा धेरै सुन बरामद गरेको हो । उक्त सुनको अहिलेको बजार भाउ १८ करोड भन्दा धेरैको हो । वीरगञ्ज महानगरपालिकाको गणेश अपार्टमेन्टबाट उक्त सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख गंगा पन्तका अनुसार एक किलोग्राम तौलका १३ वटा बिस्कुट, ८ किलो ५७६ ग्राम तौल भएको ४६ वटा मझौला बिस्कुट र एक किलो तौल भएको १०० ग्रामका १० वटा सुनका बिस्कुट बरामद गरिएको हो । छापा पारेको अर्पाटमेन्टबाट २ किलो २६२ ग्राम बराबरको चाँदीको गहना पनि बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्