×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मृत्युपछी कोरोना संक्रमितको शव कब्रिस्तानमा गाडेको भन्दै स्थानियको विरोध

PRIME CA
GLOBAL IME BANK

मृत्युपछी कोरोना संक्रमितको शव कब्रिस्तानमा गाडेको भन्दै स्थानियको विरोध

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । मृत्युपछी कोरोना संक्रमितको शव कब्रिस्तानमा गाडेको भन्दै स्थानियले विरोध जनाएका छन् । धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलालाई मानवबस्तीको बीचमा रहेको कब्रिस्तानमा व्यवस्थापन गरेपछी स्थानिय आन्दोलित भएका छन् । 
सेती प्रादेशिक स्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएपछि स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएको थियो । शव बुझाएपछि स्थानीय प्रशासन र मृतकका परिवारजनले कब्रिस्तानमा शव गाडेका हुन् । अहिलेसम्म कोरोना संक्रमितको व्यवस्थापन नेपाली सेनाले मानवबस्ती भन्दा अलग्गै ठाउँमा गर्दै आएको र अहिले भने मानवबस्तीकै बीचमा व्यवस्थापन गरेको भन्दै स्थानिय विरोधमा उत्रिएका हुन् । 
संक्रमितको शव व्यवस्थापनका लागि स्थान अभावका कारण कब्रिस्तानमा गाडिएको कैलालीका प्रमुख जिल्ला यज्ञराज बोहराले बताए । उनले भने, मुस्लिम समुदायले कब्रिस्तानमा गाड्छौ भनेपछि व्यवस्थापन गरिएको हो ।
धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिलाको विहिबार विहान मृत्यु भएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: