×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिस्कुट चाख्ने कामका लागि खुल्यो जागिर ! वार्षिक तलब सरकारी बैंकको सीइओको भन्दा बढी !

GLOBAL IME BANK

बिस्कुट चाख्ने कामका लागि खुल्यो जागिर ! वार्षिक तलब सरकारी बैंकको सीइओको भन्दा बढी !

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोचेझैं जिन्दगी रैनछ भन्ने गीत जस्तै सोचेजस्तो जागिर पाउन पनि सार्है मुस्किलको काम हो । भनेजस्तो जागिरमा पनि भनेजस्तो तलव नपाएर धेरैलाई तनाव हुने गरेको छ । तर दुनियाँमा यस्तो जागिर पनि छ जहाँ काम नै बिस्कुट खान हो । तलव सुन्नु भयो भने तपाईं तीनछक पर्नुहुन्छ, अर्थात नेपाली सरकारी बैंकका सीइओको भन्दा बढी, अर्थात वर्षको झन्डै करोड रुपैयाँ । कम्पनीले उत्पादन गरेका बिस्कुट चाख्ने काममा खटिने कर्मचारीहरुले तलबको र भत्तासहित वार्षिक १ करोड रुपैयाँ रकम पाउनेछन्।

स्कटल्याण्डको बिस्कुट उत्पादक कम्पनी बोर्डर बिस्किटले कम्पनीका लागि मास्टर बिस्किटर पदको आवेदन माग गरेको छ । कम्पनीमा मास्टर बिस्किटर पदमा भर्ना हुनेले बार्षिक ४० हजार ब्रिटिस पाउण्ड अर्थात् करीब ६० लाख रुपैयाँ तलब पाउनेछ ।

कम्पनीका प्रबन्ध निर्देशक पल पार्किन्सका अनुसार उनले देशभरका मानिसहरुलाई आवेदनका लागि प्रोत्साहित गरिरहेका छन् । एमडी पार्किन्सका अनुसार उक्त बिस्कुट चखुवाको जागिर पूर्णकालीन हुनेछ । पार्किन्सका अनुसार बिस्कुट चाख्ने यो जागिर जो कोहीका लागि पनि आफ्नो सपनालाई यथार्थमा परिणत गर्ने एक अविश्वसनीय अवसर हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: