×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीले दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघको ध्यानाकर्षण, यस्तो छ घटनाको नालीबेली…

PRIME CA

सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीले दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघको ध्यानाकर्षण, यस्तो छ घटनाको नालीबेली…

अर्थ सरोकार

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । सांग्रीला डेभलपमेन्ट बैंकका बजार व्यवस्थापन शाखाका कर्मचारी रबि केसीले जन आकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीमाथि हातपात गरेको भन्दै कार्कीले नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखामा जानकारी गराएका छन् । पत्रिकामा प्रकाशित बिज्ञापनको रकम भुक्तानी लिन जाँदा आफूमाथि हातपात भएको कार्कीको दाबी छ ।  ‘बैंकको सीसीटिभी फुटेजमा दुवै पक्षबीच भनाभन भएको, एकले अर्काको छातीमा समातेको र अन्य कर्मचारीहरु पनि सो ठाउँमा आइपुगेको देखिन्छ । हामी थप अनुसन्धान गरिरहेका छौँ ।’ बैंकको उच्च स्रोतले भन्यो । 
के भन्छन् पत्रकार कार्की ?
‘मलाई केहि महिनाअघि एउटा विज्ञापन उपलब्ध गराइएको थियो । सोहि विज्ञापनवापतको बिल बैंकमा पठाएको थिएँ । धेरै पटक वेवास्ता भएपछी म आफैं बैंक पुगेको थिएँ । तर मलाई बैंकबाट हप्कीदप्की गरेर बाहिर निकालियो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै पत्रकार कार्कीले भने,’बैंकका कर्मचारी रवि केसीले मलाई निकै दुर्व्यवहारपूर्ण काम गरी हप्कीदप्की गरेर हातपातको प्रयास गरेपछि मैले यसको जानकारी नेपाल पत्रकार महासंघ, काठमाडौँ जिल्ला शाखालाई गराएको हुँ ।’
अर्थ सरोकारसँग थप कुराकानी गर्दै उनले भने-‘केसीले मलाई त्यसअघि पनि थर्काउने गरेका थिए । आफैंले पठाएको विज्ञापन पनि कसलाई सोधेर हालेको भनेर ठुलो स्वरले कराउने गरेका थिए । हिजोचाहिं अति नै भयो ।’
के भन्छन् दुर्व्यवहारको आरोप लागेका रवि केसी?
यता रवि केसीले भने पत्रकार कार्कीले ठुलो स्वर गर्न थालेपछि बैंकका अन्य कर्मचारी पनि भेला भएको र स्थिति तनावग्रस्त हुन थालेपछि कार्कीलाई गार्ड लगाएर बाहिर निकालिएको बताएका छन् । ‘म आफैं बिरामी छु । मैले उहाँलाई कुनै हातपात गरेको छैन । उहाँको बिल पनि बैंकमा आएको छैन । बिज्ञापन भने उपलब्ध गराएको हो ।’ उनले भने । ‘उहाँको बिल कतै मिसप्लेस भयो कि ? हाम्रो पनि एक पटक यस्तै भएको थियो । हामीले बैंकमा पठाएका बिल पनि केहि पटक हराएको छ’ हाम्रो प्रश्नमा उनले भने, ‘म आएपछि त्यस्तो भएको छैन । कुनै पत्रकारलाई दुर्व्यवहार गरेको छैन । 
  
बोल्यो पत्रकार महासंघ
यता यस विषयमा नेपाल पत्रकार महासंघ पनि बोलेको छ । महासंघको काठमाडौँ जिल्ला शाखाले एक विज्ञप्ति जारी गर्दै यस्तो काम गर्नेलाई कानुनी कारवाहीका लागि माग गरेको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्यसमेत रहेका कार्की बैंकका कर्मचारीको आक्रमणबाट फुत्किएर भृकुटीमण्डपस्थित कार्यालय सम्पर्कमा आएपछी महासंघले बिज्ञप्ति नै निकालेर केसीलाई कारवाही गर्न माग गरेको हो ।
पत्रकारकै काण्डमा एनआइसी छोडेका थिए रविले 
यसो त एनआइसी एशिया बैंकमा रहंदा पनि पत्रकारलाई दुर्व्यवहार गरेको उजुरी बैंकमा पुगेपछि बैंकले उनलाई मौखिक स्पष्टीकरण सोधेको थियो । बैंकले स्पष्टीकरण सोधेपछि केसीले एनआइसी एशिया बैंक छोडेर सांग्रिला बैंक गएका थिए । सांग्रीला पुगेपछि पनि एनआइसी एशियाका गोप्य दस्ताबेजहरुबारे अरुलाई जानकारी गराएको, पत्रकारहरुलाई लक्षित गरेर सामाजिक संजालमा मनपरी टिप्पणी दिएको लगायतका आरोप केसीलाई लागेको थियो । यो जानकारी बैंकको उच्च व्यवस्थापनसम्म पुगेपछि केसीलाई बैंकले सम्झाईबुझाइ गरेपछि उनी केहि हदसम्म सुध्रिएका थिए । अहिले पुन: उनलाई पत्रकारमाथि हातपात गरेको आरोप लागेको छ ।
यस विषयमा बैंकको उच्च व्यवस्थापनले छलफल सुरु गरेको छ । संवेदनशील विषय भएकाले उनलाई बैंकबाट निलम्बन गर्ने वा सरुवा गर्ने भन्ने विषयमा छलफल भइरहेको बैंकको उच्च स्रोतको भनाइ छ । उनी कान्तिपुरको जागिर छोडेर एनआइसी एशिया बैंकमा काम गर्न पुगेका थिए । त्यसपछि एनआइसीमा पनि विवाद भएपछी उनी सांग्रिला गएका थिए ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: