- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काभ्रेमा ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ५६ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमित ८ सय २४ पुगेको हो ।
संक्रमितमध्ये ५ सय २४ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म काभ्रे जिल्लामा १३ जनाको मृत्यु भएको छ। जिल्लामा २ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये १ सय ३५ अस्पतालको आइसोलेसनमा रहेका छन् भने १ सय ५७ होम आइसोलेसनमा रहेका छन् ।