
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ४ नेपालीहरुले भारतमा एक व्यापारीको घरमा लुटपाट गरेपछि भारतको हैदरावादबाट एक महिलासहित ४ जना नेपाली नागरिकलाई त्यहाँको प्रहरीले गिरफ्तार गरेको छ । यसरी घरमा लुटपाट गर्ने नेपालीमा एक महिला पनि रहेको थाहा भएपछी प्रहरी नै तीनछक परेको छ । ती महिला सुदूरपश्चिम घर भइ एसएलसी फेल भएपछि भारतमा डाका डकैती गर्न गएको प्रहरीको भनाइ छ । उनीहरुमध्ये दुई जना सो घरमा नै काम गर्ने गरेको समेत प्रहरीले उल्लेख गरेको छ ।
उनीहरु नेपाल फर्कदै गर्दा लखनउको रेलवे स्टेसनबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुलाई उत्तर प्रदेशको लखनउबाट हिरासतमा लिई हैदरावाद लगिएको छ । उनीहरुले १८ तोला सुन र ४० तोला चाँदी र १० लाख रुपयाँ चाँदी लुटेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्