- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका वडानम्बर ४ निवासी ६७ वर्षीय पुरूषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका पुरूषमा २१ गते कोरोना पोजिटिभ देखिएको थियो ।
बिहीबार श्वासप्रश्वासमा समस्या देखिएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएको थियो । धरानतर्फ जाने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झाले जानकारी दिए । मृतक पुरुषमा निमोनियासमेत देखिएको थियो ।