Skip to content
LAXMI SUNRISE BANK

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल रामेछापको सेवा बन्द

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जिल्ला अस्पताल रामेछापको अत्यावश्यकबाहेकका सम्पुर्ण सेवा बन्द गरिएको छ। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवाबाहेकका सबै सेवाहरु बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.रोशन ग्वाछाले जानकारी दिए।
अस्पतालमा कार्यरत चिकित्सक लगाएतको स्वास्थ्यकर्मीहरुमा कोभिड-१९ सँग मिल्दो जुल्दो लक्षणहरु देखा परेपछि परीक्षणको लागि २० गते स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेल पठाइएको थियो । बिहीबार ७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको नतिजा पोजेटिभ आएपछि अर्को सूचना नभएसम्मको आकस्मिक सेवाबाहेकका सबै सेवाहरु बन्द गरिएको उनले बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK