
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमान्डूले आफ्नो लगानीकर्ताहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यस अनुसार बैंकले १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ बराबरको बोनस सेयर र २५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ९१ करोड ४५ लाख ८२ हजार ६३६ हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्