
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५ ब्रोकर कम्पनीको मार्जिन कारोबार अनुमति खारेज गरेको छ ।नेप्सेबाट मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद २ को दफा ६(२) मा भएको व्यवस्था बमोजिम मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन नदिएका ५ ब्रोकर कम्पनीको सदस्यता खारेज भएको नेप्सेले जनाएको हो ।
मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन नदिएका कम्पनीको अनुमतिपत्र स्वतः खारेज हुने व्यवस्था छ । सदस्यता खारेज हुनेमा श्रीकृष्ण सेक्युरिटीज (ब्रोकर नं.२८), सुन्धारा सेक्युरिटीज (ब्रोकर नं. ५२), प्रज्ञान सेक्युरिटीज (ब्रोकर नं. १०), नासा सेक्युरिटीज (ब्रोकर नं. ५८) र सुप्रवी सेक्युरिटीज (ब्रोकर नं.२२) रहेको छन् । मार्जिन कारोबार अनुमति पाएका २२ ब्रोकर कम्पनीहरुमध्ये १७ ब्रोकर कम्पनीहरुले भने नवीकरण गर्न निवेदन दिएको नेप्सेले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्