×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असारदेखि तलब नपाएको भन्दै ब्रोकर नम्बर ४३ का कर्मचारीहरु आन्दोलित, २ वर्षदेखि बोनससमेत नपाएको गुनासो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

असारदेखि तलब नपाएको भन्दै ब्रोकर नम्बर ४३ का कर्मचारीहरु आन्दोलित, २ वर्षदेखि बोनससमेत नपाएको गुनासो

Artha Sarokar

३ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साउथ एसियन बुल्स प्रालिमा कार्यरत कमचारीहरु आन्दोलित भएका छन् । साउथ एसियन बुल्स प्रालि अर्थात स्टक ब्रोकर नम्बर ४३ का कर्मचारीहरु तलब र बोनस नपाएको भन्दै आन्दोलित भएका हुन् ।
सो ब्रोकर कम्पनीमा १८ कर्मचारी कार्यरत छन् । उनीहरुले महामारीका बेला पनि काम गरेको र कार्यालयले आफुहरुलाई केही महिना अघिदेखिको तलब नदिएको गुनासो गरेका छन् । 
कार्यालयले गत वैशाख र जेठ महिनाको आधा तलब दिएको उनीहरुले बताएका छन् । यस्तै  असार महिनाको तलब भने नदिएको उनीहरु बताउँछन् । यस्तै साउथ एसियन बुल्स प्रालिका सञ्चालक राकेश अग्रवालले कर्मचारीहरुलाई २ वर्षदेखि बोनससमेत वितरण नगरेको उनीहरुको गुनासो छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी