- अर्थ सरोकार सम्बाददाता
बुटवल । विशेष अस्थायी अस्पताल बुटवलमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं.९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुष हुन् ।
सुनवलका पुरुषमा असोज १६ गते कोरोना पुष्टी भएको हो भने उनको गएराति १२ः५० बजे मृत्यु भएको हो । यस्तै १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान ५ बजे मृत्यु भएको हो । दुवै संक्रमित सुक्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापबाट ग्रसित थिए ।