- अर्थ सरोकार सम्बाददाता
बुटवल । कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ । नवलपरासी पश्चिम सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो ।
उनि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टी भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो । उनी मुटु रोगबाट ग्रसित थिए ।