×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको प्रवाह नगरी सयौंको संख्यामा उपभोक्ताहरु खसीबोका किन्नका लागि थापाथली पुगेपछी…! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोनाको प्रवाह नगरी सयौंको संख्यामा उपभोक्ताहरु खसीबोका किन्नका लागि थापाथली पुगेपछी…! (भिडियो रिपोर्ट)

Artha Sarokar

३ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको बिक्री शुरुगरेसँगै खरिद गर्नेहरुको भिड लागेको छ । कम्पनीले आज (कात्तिक ३ गते) देखि सहुलियत दरमा खसीबोकाको विक्री सुरु गरेको हो । कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट दशैंका लागि खसीबोका विक्री वितरण सुरु गरेको छ । 
कम्पनीले जिउदो खसीबोकाको प्रति केजी ५ सय ६० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा विक्री गरिरहेको छ । बजारमा प्रतिकेजी ६ सय देखि ६ सय ५० रुपैयाँ प्रतिकेजी सम्म पर्ने खसीबोका ५ सय ५० रुपैयाँ मै पाउने भएपछि उपभोक्ताहरुको भिड लागेको छ । खसीबोका किन्नका लागि कोभिड संक्रमणको प्रवाह नगरी सयौंको संख्यामा उपभोक्ताहरु थापाथली पुगेका छन् । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दशैंमा खसीबोका र च्याङ्ग्रा विक्री गर्दै आएको छ । 
यसपटक कोभिड १९ संक्रमणको जोखिमका कारण विगतमा भन्दा कम संख्यामा खसी बोका विक्री गर्न लागिएको पनि कम्पनीले बताएको छ । यसवर्ष २ हजारको संख्यामा खसीबोका र १ हजार च्याङ्ग्रा ल्याई विक्री गर्ने योजना बनाएपनि कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक हजार खसीबोका मात्रै विक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यसपटक च्याङ्ग्रा भने विक्रीमा राखेको छैन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी