
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चाडबाडका बेला तास खेल्नु, रमाइलो गर्नु स्वाभाविक हो । भलै जुवा तासले कसैलाई पनि राम्रो गर्दैन । तर केहि रमाइलोका लागि खेलिने तासले भने मनोरंजन राम्रै दिन्छ । तर केहिको समस्या हुन्छ, तासमा जहिले पनि हार्ने, कहिले पनि दाउ नलाग्ने । तास परे-परे जस्तो हुने तर कहिले पनि नपर्ने वा राम्रो तास पर्दै नपर्ने । शाश्त्रीय हिसावमा जुवा खेल्दा केहि निश्चित नियमहरु नटेरे हार्ने पक्का रहेको विज्ञहरु बताउँछन् ।
१. तास खेल्दासकेसम्म उत्तर नफर्किने ठाउँमा बस्नुपर्छ । तपाईंले हेर्नुभयो भयो भने सामान्यतया उत्तर फर्केर तास खेल्नेहरु हारिरहेका हुन्छन् ।
२. तास खेल्दा सकेसम्म हात टेकेर बस्नु हुँदैन भन्ने मान्यता छ । हात टेक्दा लक्ष्मी आफुसँग आउँदिनन् भन्ने विश्वास छ।
३. तास खेल्दा भुलेर पनि तासमा थुक लगाउनु हुँदैन । तर धेरैले तास खेल्दा तासमा थुक लगाईरहेका हुन्छन् । यसले हारतर्फ लैजान्छ ।
४. तास खेल्दा सकेसम्म कालो कपडा लगाउनु हुँदैन भन्ने विश्वास छ । सकेसम्म रातो वा सेतो कपडा लगाएर खेले तासमा जितिन्छ भन्ने विश्वास छ ।
५. तास खेल्दा हामीमध्ये धेरै आफ्नो भन्दा अरुको तासमा ध्यान दिन्छौं । चलाखीपूर्ण तरिकाले खेल्ने तर आफ्नो तासमा ध्यान दिनाले जित्ने सम्भावना बढी हुन्छ ।
६. हुन त कहिलेकाहीं दुवाको पनि उस्तै महत्व हुन्छ तासमा । तर सामान्यतया दुवा तिर्की तास फाल्नुपर्छ र एक्का सकेसम्म नाफाल्नु भन्ने विश्वास छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्