
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोनामुक्त भएको छन्। काेराेना संक्रमण भएपछि उनकाे ह्यम्स अस्पतालमा उपचार भइरहेकाे थियाे ।
‘हिजो गरिएको स्वाब परीक्षणको आज प्राप्त मेरो रिपोर्ट नेगेटिभ आएको खुशीसाथ जानकारी गराउन चाहन्छु’ ढकालले आइतबार फेसबुकमा लेखेका छन्-यो दुई हप्ताको अवधिमा मेरो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरी मलाई स्वास्थ्य लाभको कामना गर्ने देशका विभिन्न क्षेत्रका आदरणीय महानुभावहरु, नेपाल उद्योग वाणिज्य महासंघसहित देशका समग्र व्यवसायी साथीहरु एवं सबैप्रति कृतज्ञ छु ।’
ढकाललाई असाेज १२ गते काेराेना पाेजेटिभ देखिएकाे थिए । शुरूमा सामान्य अवस्थामा रहेका ढकाल हाेम आइसाेलेशनमा बसेका थिए । पछि ज्वाराे आउने, स्वास्प्रवाश्वसमा समस्या हुने लगायतका लक्ष्यण देखिएपछ अस्पताल भर्ना भएका थिए । आफ्नाे उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उनले धन्यवाद दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्