×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनविरुद्ध मिलेर लड्ने अमेरिका र भारतबीचको सम्झौताले हल्लियो बेइजिङ, विश्वभर नयाँ तरङ्ग, अव के हुन्छ ?

PRIME CA
GLOBAL IME BANK

चीनविरुद्ध मिलेर लड्ने अमेरिका र भारतबीचको सम्झौताले हल्लियो बेइजिङ, विश्वभर नयाँ तरङ्ग, अव के हुन्छ ?

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । भारत र अमेरिकाले बीचमा मंगलबार एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुनेछ । यो सम्झौतासँगै अमेरिका र भारतले चीनविरुद्ध मिलेर लड्ने घोषणा नै गरेका छन् ।

सो सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । सो सूचनामा पहुँच हुँदा मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने बताइएको छ । दुई देशको बीचमा मंगलबार नै भएको टु प्लस टु बैठक (दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक) पछि सो सम्झौता भएको छ ।

यो सम्झौतासँगै चीनभर नयाँ तरङ्ग फैलिएको छ । विश्लेषकहरुले यो सम्झौताले चीनको सात्तो गएकोसमेत विश्लेषण गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: