
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चीनले नाकाहरुमा अघोषित नाकाबन्दी गरेको चर्चा सेलाउन नपाउँदै समान छुटाउँदा केहि भ्रष्ट चिनियाँहरुले नेपालीहरुसँग घुस लिने गरेको तथ्य बाहिरिएको छ । चिनियाँ पक्षले दैनिक जम्मा पाँच कन्टेनर सामान नाकासम्म ल्याउने गरी कोटा तोकेर एकातर्फ नेपालीहरुलाई अफ्ट्यारोमा पारिरहेका छन् भने अर्कोतर्फ सामान भित्र्याउन सकस भएपछि नेपाली व्यवसायीले चिनियाँ एजेन्टलाई चर्को घुस बुझाउनु परेको बताएका छन् । यसले उक्त नाकामा रहेका केहि भ्रष्ट चिनियाँहरुले नेपालीहरुलाई कुन हदसम्म हेप्छन् भन्ने प्रमाणितमात्र गरेको छैन चीनतर्फको व्यापारमा सरकारी कुटनीति फेल भएकोसमेत विश्लेषकहरुको ठम्याई छ ।
रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले पनि व्यवसायीहरुले घुस दिएर मात्रै समान ल्याउन पाईरहेको गुनासो राखेको स्वीकारेका छन् । ‘एजेन्टहरूले धेरै पैसा जसले दिन्छ, उसैको मात्रै सामान ढुवानी गर्ने गरेको गुनासो आएको छ । यस विषयमा चिनियाँ पक्षलाई जानकारी पनि गराइएको छ ।’ खड्काले भने, ‘नतर्फ एजेन्ट सेटिङ भएको भन्ने गुनासो कार्यालयमा आएका छन् ।
औषधि र खाद्यान्न ल्याउँदा पनि घुस बुझाउनुपर्ने गुनासो नेपाली व्यवसायीहरुको छ । कोरोना महामारीपछि नेपालीहरू सामान लिन केरुङ जान नपाउने भएकाले चिनियाँहरूले नै रसुवागढीसम्म ल्याइदिदा भाडासमेत निकै चर्को लिने गरेको पाइएको छ । यस अघि झन्डै डेढ लाख रुपैयाँमा सामान आइपुग्ने गरेकोमा अहिले केहि व्यापारीहरुले सामान ल्याउँदा १२ लाखसम्म तिर्नुपरेको गुनासो गरेका छन् ।
यता नेपाल हिमालय सीमापार वाणिज्य संघले भने सरकारले नाका सञ्चालनका लागि गरेको समझदारीका सर्तहरूले गर्दा व्यावसायीहरु मर्कामा परेको जनाएको छ । ‘नाकामा पाँच वटा कन्टेनर मात्रै आउने शर्तमा सहमति गरेर सरकारले नीतिगत त्रुटी गरेको छ । त्यसमाथि चिनियाँहरुले बढी भाडा लिइरहेको गुनासो आएको छ । ‘संघका अध्यक्ष बच्चु पौडेलले भने। उनका अनुसार समान ल्याउँदा नपाउँदा धेरै नेपालीहरुको करोडौं रुपैयाँ फसेको छ ।
https://arthasarokar.com/2020/10/Chin-aghosit-nakabandi.html
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्