- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ३४५ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७.७० प्रतिशत बोनस र कर सहित ३.३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता गरी प्रकृया अघि बढाएकाे छ । सम्झौता अनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हाे ।