
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिकाका एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् । सेवाग्राहीसँग नागरिकताका लागि सिफारिस गराइदिने भन्दै घुस लिएको आरोपमा उप-महानगरपालिका वडा नम्बर १३ कार्यालयका सहयोगी दिलिप पञ्जियारलाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनले नागरिकताको सिफारिस गराइदिने भन्दै एक जना सेवाग्राहीसँग घुसवापत उक्त रकम लिएको अख्तियारले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्