×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तको ८९ हजार ४५० कित्ता सेयर लिलामी खुल्ला, आवेदन दिन कहाँ जाने ?

PRIME CA
GLOBAL IME BANK

सिभिल लघुवित्तको ८९ हजार ४५० कित्ता सेयर लिलामी खुल्ला, आवेदन दिन कहाँ जाने ?

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको ८९ हजार ४५० कित्ता सेयर लिलामी बिक्री खुल्ला भएको छ । बैंकले संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारणतर्फको ७७ हजार ८४२ कित्ता सेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा बिक्री प्रवन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट कमलादीले गर्ने भएको छ। लगानीकर्ताले सेञ्चुरी क्यापिटल मार्केट तथा सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढीबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, बैंकको विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट, घोराही, बाग्लुङ तथा महेन्द्रनगरका शाखा कार्यालयहरुबाट पनि लिलामी सेयरमा आवेदन दिन पाइनेछ ।
यसमा सर्वसाधारणले पनि आवेदन दिन पाउने छन् । साथै, यो सेयरमा संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । संस्थाको यो सेयरमा असोज २५ गतेदेखि कात्तिक २ गतेसम्म आवेदन दिनसक्ने छन् । लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको हकमा न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: