×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साराङघाटको क्रसर उद्योग बन्द गर्न निर्देशन

PRIME CA
GLOBAL IME BANK

साराङघाटको क्रसर उद्योग बन्द गर्न निर्देशन

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

तनहुँ । जिल्ला समन्वय समिति तनहुँले अवैध गिटी क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लाको बन्दिपुर गाउँपालिका–६ सराङघाटमा रहेको नमूना ग्रिड एण्ड क्रसर उद्योग बन्द गर्न समितिले निर्देशन दिएको हो । समितिले यसअघि पनि उक्त उद्योग बन्द गर्न निर्देशन दिएको थियो । तर पनि अटेर गरी सञ्चालन गरिँदै आएकोले फेरी पनि बन्द गर्न निर्देशन दिएको हो । समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । 
उद्योगले गण्डकी प्रदेशले जारी गरेको कार्यविधिको व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति नलिई उद्योग सञ्चालन गरेको भन्दै बन्द गर्न निर्देशन दिएको हो । बन्दीपुर गाउँपालिकाबाट उद्योगसम्बन्धी विवरण माग गरिएपनि त्यसमा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको पत्र प्राप्त नभएको भन्दै शर्त पुरा नहुँदासम्मका लागि उद्योग सञ्चालनमा रोक लगाउन बन्दीपुर गाउँपालिकालाई पत्र पठाउने निर्णय गरेको छ । 
यस्तै समितिले व्यास नगरपालिका क्षेत्रभित्रका मादी नदीका विभिन्न ठाउँबाट ठेक्कापट्टा नहुँदै ढुङ्गा, गिटी, बालुवा उत्खनन्, सङ्कलन तथा ओसारपसार कार्य तीब्र भएको भन्दै उत्खननलाई बन्द गर्न निर्देशन दिएको छ । आवश्यक प्रक्रिया पुरा नगरिकन उत्खनन् भएको देखिएकोले तत्काल रोक्न व्यास नगरपालिकामा लेखी पठाउने निर्णय गरिएको पनि उल्लेख गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: