×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी प्रदेशसभाका उपसभामुखसहित ३५ जनामा कोरोना संक्रमण पुष्टी, १० जनाको रिपोर्ट आउन बाँकी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लुम्बिनी प्रदेशसभाका उपसभामुखसहित ३५ जनामा कोरोना संक्रमण पुष्टी, १० जनाको रिपोर्ट आउन बाँकी

Artha Sarokar

२८ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । लुम्बिनी प्रदेशका उपसभामुखसहित प्रदेश सभा सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार प्रदेश सभाका पदाधिकारीसहित सचिवालयमा कार्यरत ९५ जनाको स्वाब परीक्षण गरिएकोमा मंगलबार उपसभामुख कृष्णी थारुसहित ३५ जनामा संक्रमण पुष्टी हो । 
प्रदेश सभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार १० जनाको नतिजा आउन बाँकी छ । कोरोना संक्रमण पुष्टी भएकाहरुमा प्रदेश सभा सचिवालयका सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक, ८ जना मर्यादापालक र ७ जना सुरक्षाकर्मीसमेत छन् । संक्रमण पुष्टी भएसंगै उपसभामुख कृष्णी थारु भैरहवास्थित सरकारी निवासको आइसोलेसनमा बसेकी छन् र अन्य कर्मचारीलाई आइसोलेसनमा राखिएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी