
- अर्थ सरोकार सम्बाददाता
धनगढी । शनिबार कैलालीका ४६ सहित थप ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
संक्रमण पुष्टी हुनेमा कैलालीका ४६, कञ्चनपुरका ५ जना र डडेल्धुरका एक रहेको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ सय ९७ जनाको परीक्षण गरिएको थियो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का २५ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ७ र ८ का एक एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै कैलालीकै जानकी गाउँपालिकाका ६ जना, गोदावरी नगरपालिकाकाक ४ जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र डडेल्धुराको अमरगढी नगरपालिका–५ का एक जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्