- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक संजालमार्फत ढुङ्गानाले आफूलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । बीपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन पनि अनुरोध गरेका छन् । यस्तै नेपाल विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष उत्तम खड्कालाई पनि कोरोना संक्रमण देखिएको छ ।