×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: कोरोनाको परीक्षण र उपचारबाट पन्छियो सरकार, भन्यो – ‘अब आफ्नै खर्चमा उपचार गर्नू’

LAXMI SUNRISE BANK
GLOBAL

अन्तत: कोरोनाको परीक्षण र उपचारबाट पन्छियो सरकार, भन्यो – ‘अब आफ्नै खर्चमा उपचार गर्नू’

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अबदेखि  कोरोना भाइरसको परीक्षण र उपचार खर्च आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरसको परीक्षण तथा उपचार मनिसहरुले आफ्नै खर्चमा गर्नुपर्ने बताएका हुन् । 
यद्यपी उनले अग्रपङ्तिमा खटिएकाहरूको मात्रै परीक्षण र उपचार सरकारले गर्ने जानकारी दिए । यस्तै आर्थिक अवस्था कमजोर भएका, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, सरसफाई कर्मचारीलगायतको उपचार पनि सरकारले गर्नेछ ।
माथि उल्लेखितमध्ये कसैले कोरोना बीमा गराएको भएमा उक्त कोरोना बीमाबापत्को रकमबाट कट्टा गरिने पनि मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गते (आज)देखि नै लागू हुने उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी