
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १३६१ जना महिला र २१५६ जना पुरुष गरी कुल ३५१७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १६८२३५ पुगेको छ।
संक्रमितमध्ये प्रदेश १ मा ५६८ जना, प्रदेश २ मा १०९ जना, वागमती प्रदेशमा २२६६ जना, गण्डकी प्रदेशमा २२४ जना लुम्बीनी प्रदेशमा २६५ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार आज ४०९६ जना संक्रमित निको भएका छन् भने हालसम्म निको हुनेको संख्या १२८९५८ पुगेको छ। हाल देशभर ३८३५७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। हाल क्वारेन्टाइनमा २६६६ रहेको मन्त्रालयले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्