Skip to content
LAXMI SUNRISE BANK

‘भारतको होटलमा गर्दै आएको रोजगार गुम्यो, धन्न नेपालको खोलाबाट बालुवा झिकेर नुन किन्न पाइएको छ…’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
डडेल्धुरा । कोरोना महामारीका कारण रोजगारी गुमाएका डडेल्धुराका नागरिक नदि किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका किनारहरुमा बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च चलाइरहेका छन् । कोरोना कहरका कारण भारत लगाएत तेस्रो मुलुकबाट स्वदेश फर्किएकाहरु अहिले रोजगारी नपाउँदा नदी किनारमै दिन बिताउन बाध्य बनेका छन् । 
बिहान ६-७ बजेदेखि नै नदी किनारमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलनका बालुवा प्रतिट्र्याक्टर रु तीन हजार, गिट्टी प्रतिट्र्याक्टर रु दुई हजार ५०० र ढुङ्गा रु एक हजार ३०० दरले बिक्री गर्ने गरेको स्थानीय सागर ठगुन्नाले बताएका छन्। भारतमा होटेलमा काम गर्दा मासिक भारु २० हजार कमाउने गरेको भए पनि कोरोनाले रोजगारी गुमेपछि घर परिवार पाल्नका लागि बालुवा तथा गिट्टी सङ्कलन गरी बिक्री गर्दै आइरहेको उनको भनाइ छ ।
कोरोनाले रोजगारी गुमेको भए पनि नदीको बालुवा गिट्टीले साँझ बिहानको जोहो गर्न सजिलो भएको गन्यापधुरा–३का इन्द्र दमाईको भनाइ छ । ‘भारतमा काम गर्ने होटेल बन्द भएपछि घर आएको हू,ँ घर खर्च चलाउनका लागि अहिले वालुवा गिट्टी बेच्ने गरेको छु ।’ उनले भने, ‘तीन-चार दिनमा एक ट्र्याक्टर बालुवा तथा गिट्टी बिक्री गरी मासिक रु २५/३० हजार आम्दानी हुन्छ’
गाउँपालिकाले पालिकाभित्र रहेका बेरोजगारहरुको तथ्याङ्क सङ्कलन गरिहेको र उनीहरुको सीपअनुसारे रोजगारी सिर्जना गर्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताएका छन् । पालिकाले गर्ने विकास निर्माणका काममा स्थानीय व्यक्तिलाई मात्रै प्रयोग गर्ने र व्यावसायिक तथा सामूहिक कृषि खेती गर्न पालिकाले विशेष अनुदान दिने नीति ल्याएको अध्यक्ष मल्लले बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK