×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दैलेख मालपोतका खरिदार र लेखापढी व्यवसायी अख्तियारको फन्दामा, यस्तो छ कारण !

PRIME CA
GLOBAL IME BANK

दैलेख मालपोतका खरिदार र लेखापढी व्यवसायी अख्तियारको फन्दामा, यस्तो छ कारण !

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

दैलेख । दैलेखमा घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढालाई नियन्त्रणमा लिएको हो ।
 
खरिदार खनाल र लेखापढी व्यवसायी बुढाले जग्गा नामसारी गर्दा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिइएको टोलीले दुवैजनालाई नियन्त्रणमा लिईएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । उनीहरुको साथबाट सेवाग्राहीबाट लिइसकेको ५ हजार रुपैयाँसहित कार्यालय परिषरबाटै नियन्त्रणमा लिइएको हो । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको आयोगले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: