- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । दाङ प्रहरीले नक्कली नोटसहित लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट एक महिला र दुई पुरुष गरी तीन जनालाई पक्राउ गरेको हो ।
दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार पक्राउ परेकातीन जना बाँकेको कोहलपुरदेखि दाङको अमिलियातर्फ आइरहेको गोप्य सूचनाको आधारमा नक्कली नोटसहित जिल्लाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय अमिलियामा राखिएको छ ।