×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हे दुर्गा भवानी…! यस्तो बेला मास्क नलगाई घरघर चाहार्ने, र टिकटकमा रमाउनेहरुलाई पनि रक्षा गर्नुहोस्… (भिडियो रिपोर्ट)

PRIME CA

हे दुर्गा भवानी…! यस्तो बेला मास्क नलगाई घरघर चाहार्ने, र टिकटकमा रमाउनेहरुलाई पनि रक्षा गर्नुहोस्… (भिडियो रिपोर्ट)

११ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो

काठमाडौँ । बडा दशैं मान्यजनको हातबाट टीका र जमरा लगाएर बनाइँदैछ । सरकारले कोरोना महामारीका बेला घरघरमै मात्र दशैं मनाउनु भनेको छ । तर सरकारी निर्देशनको अवज्ञा गर्दै जनताहरु घरघर टिका थाप्न हिडीरहेको पाइएको छ । 

धेरैले मास्क प्रयोग गरेको देखिएपनि कतिपयले भने मास्क नै नलगाई खुलेआम हिडिरहेको पाइएको छ । काठमाडौँ उपत्यकामा दिनानुदिन कोरोना संक्रमित बढीरहेका बेला बरु बच्चाबच्चीहरु सचेत भएको देखिएको छ, ठुला भनिएकाहरु र भर्खर उमेर पुगेकाहरुको ध्यान भने मास्क लगाउन भन्दा पनि खुलेआम हिड्न र फोटो खिचेर फेसबुक र टिकटकमा रमाइलो गर्न मै छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यसपालीको दशैं विगतका वर्षहरु जस्तो उल्लास छैन । तर टिका थाप्ने नाममा केहिले गरेको लापरवाही भने उदेकलाग्दो नै छ । आशा गरौँ मास्क नलगाई हिडेकाहरुलाई कोरोनाले नछोओस्, दुर्गा भवानीले उनीहरुको पनि रक्षा गरुन् । हेर्नुहोस् भिडियो रिपोर्ट :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: