
- अर्थ सरोकार सम्बाददाता
बिरेन्द्रनगर । वीरेन्द्रनगरमा आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भई वीरेन्द्रनगर नगरपालिका – ११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला १३ गते साँझ मृत भेटिएकी थिइन् ।
कोठाको ढोका बन्द भएको अवस्थामा मृत भेटिएकी उनको प्रहरीले मुचुल्का गरी शव उठाएको थियो । १४ गते कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महिलाको शव नेपाली सेनाको टोलीले बिहीबार व्यवस्थापन गरेको छ । योसँगै कर्णालीमा कोरोनाले मृत्यु हुने र मृत्युपछि कोरोना संक्रमण पुष्टी भएकाहरुको संख्या ७ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्