- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमणबाट एकैसाथ थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १५ जनाको मृत्यु भएको हो । जसमा ५ महिला र १० पुरुष रहेका छन् ।
मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।