Skip to content
LAXMI SUNRISE BANK

विराटनगरमा कोरोनाको संक्रमणबाट एकैसाथ ३ जनाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

विराटनगर । कोरोनाको संक्रमणबाट विराटनगरमा थप ३ जनाको मृत्यु भएको छ । विराटनगरका २ र रतुवामाईका १ जनाको मृत्यु भएको हो । विराटनगर–३ बुद्धचोकका संक्रमित ६५ वर्षीय पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो।
अस्पताल प्रबन्ध नारायण दाहालका अनुसार कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार ती वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो। यस्तै विराटनगर महानगरपालिका–१० का कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार ५१ वर्षीय पुरुषको बिहीबार राति ८ बजेतिर मृत्यु भएको हो । उनलाई उपचारका लागि असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । 
यस्तै मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका कोरोना संक्रमित ४८ वर्षीय पुरुषको बिहीबार साँझ ७ः४० बजेतिर मृत्यु भएको हो । श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि पुरुषलाई उपचारका लागि गत बुधबार विराट नर्सिङ होममा भर्ना गरिएको परिवारले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK