×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिराटनगर र धरानमा एकै दिन थप पाँच जनाको मृत्यु

PRIME CA
GLOBAL IME BANK

बिराटनगर र धरानमा एकै दिन थप पाँच जनाको मृत्यु

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

बिराटनगर
  • अर्थ सरोकार सम्बाददाता 

बिराटनगर । कोरोना संक्रमणका कारण बिराटनगर र धरानमा एकै दिन पाँच जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा दुई र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो ।
शनिबार राति नोबेल मेडिकल कलेजमा मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । सुनसरीको दुहवी नगरपालिका–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको हो । त्यस्तै, सुनसरी हरिनगर–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको हो । 
यता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया वृद्धाको शनिबार राति ८ बजे, सनुसरीको दुहवीका ६५ वर्षीय वृद्धको आइतबार बिहान ३ः५० बजे र धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि आइतबार बिहान ६ः४० बजे मृत्यु भएको छ ।
शनिबार दिउँसो विराट मेडिकल कलेजमा इटहरी उपमहानगरपालिका–५ की ६४ वर्षीया महिलाको मृत्यु भएको थियो । शनिबार विहान न्यूरो अस्पतालमा पथरी शनिश्चरे नगरपालिका–६ की ९२ वर्षीया महिलाको पनि मृत्यु भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: