
- अर्थ सरोकार सम्बाददाता
बुटवल । बाँकेमा थप एक महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको छ । भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ की ८५ वर्षीया महिलाको मृत्युपछि संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बुधबार साँझ अस्पतालमा भर्ना भएकी उनको सोही दिन साँझ पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उपचारको क्रममा बिहीबार राति ९ बजे मृत्यु भएपनि शुक्रबार (आज) बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।