×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट बुटवलमा थप एकजनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना संक्रमणबाट बुटवलमा थप एकजनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

Artha Sarokar

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल उपमहानगरपािलकाका ४७ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।
बुधबार अस्पताल भर्ना भएका उनको बिहीबार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए । अस्पताल भर्ना भएकै दिन उनमा संक्रमण पुष्टि भएको थियो । गौतमका अनुसार उनी मधुमेह र उच्च रक्त चापका बिरामी थिए । योसंँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३० पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी