×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देही र अर्घाखाँचीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

PRIME CA

रुपन्देही र अर्घाखाँचीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

२९ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रुपन्देही र अर्घाखाँचीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको छ । उनलाई यही असोज २७ गते कोरोना संक्रमण पुष्टी भएको थियो । यसैगरी बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको धागो कारखानामा सन्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको छ ।
यही असोज २१ गते अस्पताल भर्ना भएकी उनको आज बिहान सवा ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनमा ज्वरो, दम लगायतका समस्या थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: