
- अर्थ सरोकार सम्बाददाता
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएको २४ घण्टामा पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशीष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाका एक महिला र एक पुरुष, इटहरी उपमहानगरपालिकाकी एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो । सहप्रवक्ता डा. श्रेष्ठले तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेर १५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका ती व्यक्तिमा अशोज १० गते संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया बृद्धाको बिहीबार बिहान १२ बजेर ५ मिनेटमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उच्च रक्तचापकी बिरामी बृद्धामा अशोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै धरान उपमहानगरपालिका ९ का दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । धरान ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह ३ बजेर १५ मिनेटमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो । यसअघि, तेह्रथुम दांग्पा १ का ४९ वर्षीय पुरुषको समेत प्रतिष्ठानको आकश्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रतिष्ठानमा उपचारको क्रममा संक्रमितको मृत्यु संख्या ५८ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्