×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धौलागिरी माइक्रोफाइनान्सका निमित्त सीईओ शिवराम जोशी निलम्बनमा, अन्याय भएको भन्दै जोशी राष्ट्र बैंकमा…

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । धौलागिरि माइक्रोफाइनान्सका निमित्त प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी निलम्बनमा परेका छन् । संस्थाका सेनियर अफिसरले आफुलाई विना कारण राजिनामा दिन दवाव जोशीले दिएको भन्दै सञ्चालक समितिमा उजुरी दिएपछी सोहि उजुरीका आधारमा जोशीलाई संस्थाको सञ्चालक समितिले निलम्वन गरेको हो । समितिमा उजुरीको बोद्धार्थ राष्ट्र बैंकमासमेत पुगेको छ । संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारीले विवाद राष्ट्र बैंकमै पुगेपछि निलम्वन गरेर छानविन शुरु गरिएको बताएका छन् । सञ्चालकद्वय हरिप्रसाद शर्मा र सिर्जना थापा रहेको समितिले उक्त विषयमाथि छानविन गरी जोशीलाई कम्तिमा ४५ दिन निलम्वनमै राख्न सिफारिस गरेको थियो । 
यता जोशीले भने आफुलाई नियम मिचेर निलम्वन गरिएको र आफु पुनर्वहाली भएर पुन संस्थाको नेतृत्व लिने दाबीसमेत गरेका छन् । ‘कर्मचारीले संस्थाको हित विपरित काम गरेपछि उनीहरुले गरेको संस्था छोड्ने प्रतिबद्धतासमेत संस्थामा सुरक्षित छ । पछी घरायसी कारणले राजिनामा दिएपछि मैले प्रमुखका हैसियतले उक्त राजीनामा स्वीकृत गरेको हुँ । राजिनामा स्वीकृत भएपछी उनीहरुले संचालक समितिमा मविरुद्ध उजुरी गरेका हुन् । र संचालक समितिले पूर्वाग्रही रुपमा मलाई निलम्बन गरेको छ ।’ जोशीले अर्थ सरोकार डटकमसँग भने, ‘म संस्थाले मलाई गरेको अन्याय विरुद्ध राष्ट्र बैंकमा न्यायका लागि पुगिसकेको छु । त्यहाँबाट पनि न्याय मिलेन भने म अदालत जान्छु । तर मैले केहि गल्ती गरेको छैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: