Skip to content
LAXMI SUNRISE BANK

धुलिखेल अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि न्युनतम ५० हजार धरौटी राख्‍नुपर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । धुलिखेल अस्पतालले कोरोना संक्रमित भर्ना हुनुभन्दा अघि ५० देखि दुई लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने जनाएको छ । अस्पतालले एक सूचना जारी गर्दै कोराना संक्रमितमा देखिएका लक्षणका आधारमा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने जनाएको हो ।
सामान्य लक्षण देखिएका संक्रमितले ५० हजार धरौटी राख्नुपर्ने, मध्य लक्षण भएकाले एक लाख र जटिल लक्षण भएकाले दुई लाख रुपैयाँ धरौटी राखेपछि मात्र बिरामी भर्ना गरिने अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ ।
लक्षण नभएका बिरामीले पनि कम्तीमा दिनको ३५ सय रुपैयाँ तिर्नुपर्नेसमेत जनाएको छ । यसका साथै औषधि तथा रोग निदानमा थप खर्च भए त्यसको पनि जिम्मेवारी संक्रमित स्वयंले लिनुपर्ने सूचनामा उल्लेख छ।
यसैगरी कोरोना संक्रमितले अस्पताल भर्ना भएपछि औषधि तथा रोग निदानमा थप जाँचका लागि दिनको सात हजार पाँच सय रुपैयाँ तिनुपर्ने पनि जनाइएको छ । यदि कोरोना संक्रमितलाई आईसीयूमा राखेर उपचार गर्नुपरे १५ हजार रुपैयाँ लाग्‍ने अस्पतालले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK