
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनवटा औषधि पसल र २४ वटा सवारी साधनलाई कारबाही गरेको छ । चाडपर्वको समयमा कालोबजारी र मापदण्ड विपरीत काम गरे नगरेको अनुगमन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनवटा औषधि पसल र २४ वटा सवारी साधनलाई कारबाही गरेको हो ।
मंगलबार प्रशासनको दुई वटा टोलीले टेकु क्षेत्रका औषधि पसलमा गरेको अनुगमनको क्रममा ती औषधि पसलले स्वास्थ्य मापदण्ड विपरीत काम गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल पाण्डेले जानकारी दिए । ती औषधि पसललाई कमजोरी सुधार गरी सोको रिपोर्ट प्रशासनमा बुझाउन निर्देशन दिइएको छ ।
त्यस्तै, प्रशासनको टोलीले लामो दुरीका सवारीको टिकट काउन्टरमा पनि अनुगमन गरेको थियो । जसमा स्वास्थ्य मापदण्ड लागू नगरेका २४ वटा सवारी साधनलाई कारबाही गरिएको छ । ती सबैलाई चेतावनी सहित नियम अनुसार रु १०० रुपैयाँ कारबाही गरिएको प्रशासनले जनाएको छ ।
चाडपर्वको समयमा बजारमा स्वास्थ्य मापदण्ड लागू नगर्ने र कालोबजारी एवं अखाद्य वस्तु बिक्री गर्ने क्रम बढ्न सक्नेभन्दै प्रशासनले नियमित अनुगमन र कारबाही गर्दै आएको छ । त्यसैक्रममा मंगलबार प्रशासनले दुईवटा टोली बनाएर औषधि पसल र लामो दुरीको सवारीको टिक बिक्री वितरणको अवस्थाबारे अनुगमन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्