- अर्थ सरोकार सम्बाददाता
डोटी । डोटीको शिखर नगरपालिका–१ कपल्लेकीमा रहेको क्वारेन्टिनबाट भागेर घर गएका ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका उनीहरुको शनीबार स्वाब संकलन गरिएको थियो ।
स्वाब संकलन गरिएका १६ जना मध्ये १२ जना संक्रमति भेटिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिनुभयो । संक्रमित मध्येका ७ जना मंगलबार आ–आफनो घरमा गइसकेको स्वास्थ्य संयोजक हरिश शाहले बताउनुभयो । उनीहरुको रिर्पोट पोजेटिभ आएपछी शिखर नगरपालिकाले–१ को सेरी गाउँलाई शिल गर्ने निर्णय गरेको नगर प्रमुख सिताराम जोशीले बताउनुभएको छ ।