
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआईको) ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । कोरोना संक्रमणको कारणले सरेको संघको निर्वाचन मंसिर ११ र १२ गते हुने भएको हो । यसअघि पनि संघको निर्वाचनको लागि ३ पटकसम्म मिति तोकिएपनि कोरोनाका कारण हुन सकेको थिएन ।
महासंघको बिहिबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो । यसअघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा भर्चुअल्ली र निर्वाचनका कार्यक्रमहरु काठमाडौंमा गर्नका लागि सिफारिस गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्