
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । एफएनसीसीआईको नयाँ कार्यतालिका अनुसार आगामी मङ्सिर ११ र १२ गते ५४औँ वार्षिक साधारणसभाको मिति तोकिएको हो । १२ गते भने निर्वाचन हुनेछ ।
महासंघले बुधवार सार्वजनिक गरेको तालिका अनुसार महासंघको कार्यालय टेकु, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की व्याङकेट बबरमहलमा निर्वाचनका कार्यक्रम गरिने उल्लेख छ । उसो त महासंघको ५४औँ वार्षिक साधारणसभा चैतमै हुनुपर्ने थियो तर कोरोना भाइरसका कारण निर्वाचन हुन सकेको थिएन । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दैछन् ।
यता वरिष्ठ उपाध्यक्ष तथा अन्य पदहरुमा भने निर्वाचन हुन लागेको हो । कोरोनाको जोखिमलाई मध्येनजर गर्दै छुट्टाछुट्टै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ । महासंघको वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी मैदानमा उत्रने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्