- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले नेपालगञ्जमा दुई लाख रूपैयाँ बराबरको म्याद सकिएको खाद्यान्न नष्ट गरेको छ । बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गर्न राखेको भेटेपछि नष्ट गरेको विभागले जनाएको छ ।
यसका साथै, विभागले खरिद बिल नराख्ने पसललाई दुई हजार रूपैयाँ जरिवाना गराएको छ भने खाद्यअनुज्ञापत्र नलिई प्याकेजिङ गर्नेलाई उत्पादन तथा बिक्री रोक्कागरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कारबाहीको लागि पठाइएको बताएको छ ।