- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७३ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा रहेको छ ।बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४७ पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५५ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर २८ रुपैयाँ ४८ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्