- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २३ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ८३ पैसा रहेको छ । मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्